युक्रेनको राजधानी किभमा शृंखलाबद्ध विस्फोट, धेरै मानिसको मृत्यु भएकाे आशंका

Read Time = 1 min

किभ । युक्रेनको राजधानी सहर किभमा शृंखलाबद्ध विस्फोट भएका छन् । लामो समयको अन्तरपछि किभमा विस्फोटका घटना सार्वजनिक भएका हुन् । मध्य किभमा दुई वटा शक्तिशाली विस्फोट भएका छन् । अन्य स्थानमा पनि विस्फोट भएका छन् । आक्रमणमा धेरै मानिसको मृत्यु भएको युक्रेनको आपत्कालीन सेवाले जनाएको छ ।

रुसले विलय गराएको क्रिमिया जोड्ने पुलमा विस्फोट भएको दुई दिनपछि ती विस्फोट भएका हुन् । क्रिमिया जोड्ने पुलमा युक्रेनी सेनाले विस्फोट गराएको रुसले दाबी गर्दै आएको छ । उक्त पुल दक्षिणी युक्रेनमा रुसी सेनाका लागि आवश्यक सामग्री पठाउने मुख्य मार्ग रहेको थियो ।

यसैबीच, क्रिमिया पुलमा भएको विस्फोटबारे छलफल गर्न रुसी सुरक्षा परिषद्को बैठक वस्दै छ । बैठकको अध्यक्षता रुसी राष्ट्रपति भ्लादमिर पुटिनले गर्दै छन् ।

-एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?