अविरल वर्षाले कालीकोट रास्कोटका ९१ घरमा पूर्ण क्षति, लाखौंको धनमाल नष्ट

तस्वीरमा रास्कोट नगरपालिकाको आरसिपी बजार

Read Time = 1 min

-मानबहादुर बिश्वकर्मा

कालीकोट । निरन्तर वर्षाका कारण जिल्लाको रास्कोट नगरपालिकाका विभिन्न वडामा ९१ वटा घरहरु पूर्णरुपमा क्षति भएका छन् । घरहरु भत्किएपछि लाखौंको धनमाल नष्ट भएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख धर्मराज शाही (पोषण) ले दिएको जानकारी अनुसार वडा नम्वर– ३ मा २८, वडा नम्वर ४ मा १८, वडा नम्वर ८ मा ७, वडा नम्वर– ५ मा ७, वडा नम्वर– ६ मा ५, वडा नम्वर–९ मा १२, वडा नम्वर– १ मा ४ र वडा नम्वर– ७ मा १० घरमा पूर्ण रुपमा क्षति भएको छ ।

नगरपालिकाले अन्य वडामा पनि घरहरु भत्किएको र क्षतिको विवरण आउन बाँकी रहेको छ

घरहरु वर्षाका कारण भत्किए पनि मानवीय क्षति भने नभएको नगरपालिकाले जनाएको छ । अहिले स्थानीय जनप्रतिनिधि र प्रहरीले प्रत्यक्ष स्थलगत अध्ययन गरेर क्षतिको विवरण संकलन गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?