धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र अधिकांश मन्त्री टिकटविहीन बनेका छन् । २०७४ को निर्वाचनमा डोटी प्रदेशसभा ‘ख’ बाट विजयी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बन्नुभएका त्रिलोचन भट्ट यसपटक टिकटविहीन बन्नुभयो । उहाँको ठाउँमा यसपटक माओवादी केन्द्रबाट उहाँकै स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाउनुभएको छ ।
बझाङको प्रदेशसभा ‘क’ बाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका सभामुख बन्नुभएका अर्जुनबहादुर थापा यसपटक टिकटविहीन बन्नुभएको छ । एमालेबाट चुनाव लड्नुभएका सभामुख थापाले जितेको स्थानमा यसपटक एमालेले छविलाल ओखेडालाई टिकट दिएको छ ।
प्रदेशकी उपसभामुख निर्मला बडाल जोशी पनि यसपटक टिकटविहीन बन्नुभएको छ । उहाँ २०७४ को निर्वाचमा माओवादी केन्द्रको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बन्नुभएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री बन्नुभएका कृष्णराज सुवेदी पनि यसपटक उम्मेदवार बन्नुभएन । २०७४ को निर्वाचनमा कैलाली ४ को प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट उहाँ निर्वाचित हुनुभएको थियो । अहिले सो क्षेत्रबाट एमालेका हरिसिंह साउद उम्मेदवार बन्नुभएको छ ।
बाजुराबाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएका प्रकाश शाह पनि यसपटक टिकटविहीन बन्नुभएको छ । उहाँको स्थानमा बाजुराबाट लालबहादुर थापा चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँले बाजुराको प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट चुनाव जित्नुभएको थियो ।
माओवादीको समानुपातिक कोटाबाट सांसद बन्नुभएकी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी पनि यसपटक माओवादीको समानुपातिक सूचीमा समेत अटाउन सक्नुभएन । सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएकी माया भट्ट पनि उम्मेदवार बन्नुभएको छैन । उहाँलाई एमालेले बैतडीबाट समानुपातिक सांसद बनाएको थिए । अहिले उहाँ एकीकृत समाजवादी पार्टीमा आबद्ध हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेश सरकारको पूर्व-आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले पनि यसपटक टिकट पाउनुभएको छैन । उहाँ २०७४ मा एमालेबाट समानुपातिक प्रदेशसभा सदस्य बन्नुभएको थियो । हाल उहाँ एकीकृत समाजवादी पार्टीमा आबद्ध हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री बन्नुभएका टेकबहादुर रैका पनि टिकटविहीन बन्नुभएको छ । उहाँ २०७४ मा कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बन्नुभएको थियो ।
प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी पनि यसपटक टिकटविहीन बन्नुभएको छ । एमालेको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बन्नुभएकी चुनकुमारी चौधरी हाल एकीकृत समाजवादी पार्टीमा आबद्ध हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरा पनि यसपटक टिकटविहीन हुनुहुन्छ । उहाँ एमालेको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बन्नुभएको थियो ।
समाुनपातिक कोटाबाटै प्रदेशसभा सदस्य बनेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना राज्यमन्त्री बन्नुभएकी अर्चना गहतराजले पनि टिकट पाउनुभएको छैन । त्यसैगरी, सामाजिक विकास राज्यमन्त्री बन्नुभएकी मनाकुमारी साउद पनि टिकटविहीन हुनुहुन्छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधारमन्त्री बन्नुभएकी सुशीला बुढाथोकी र आर्थिक मामिला तथा योजना राज्यमन्त्री बन्नुभएकी बदलेव सोडारीले पनि टिकट पाउनुभएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच