इसरोले गगनयान मिसनका लागि मानवरहित परीक्षण उडान सुरु गर्ने

Read Time = 1 min

बेंगलुरु, भारत । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गगनयान मिसनको हिस्साका रूपमा मानवरहित परीक्षण उडानको तयारी सुरु गरेको जनाएको छ । सामाजिक सञ्जाल एक्स (ट्विटर) मा इसरोले गरेको पोष्टमा भनिएको छ, ‘मिसन गगनयान : इसरोले गगनयानका लागि मानवरहित परीक्षण उडान सुरु गर्नेछ, फ्लाइट टेष्ट भेहिकल एबोर्ट मिसन-१ (टिभी-डि वान) तयारी भइरहेको छ जसले क्रु इस्केप सिस्टमको प्रदर्शन गर्दछ ।’

इसरोका अनुसार यो परीक्षण उडानले बाँकी योग्यता परीक्षण र मानवरहित मिसनका लागि आधार तयार गर्नेछ जसबाट भारतीय अन्तरिक्षयात्रीसँगै पहिलो गगनयान मिसन सुरु हुनेछ ।

गगनयान मिसनको पहिलो परीक्षण उडानका लागि फष्र्ट क्रस मोडुल सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै इसरोले टेष्ट भेहिकल (टिभी–डि वान)को पहिलो उडानको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?