हुण्डाइका भाग्यशाली विजेता जिसी र गुरुङ

Read Time = 2 mins

काठमाडौं । हुण्डाइ गाडीको नेपालस्थित आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विश्वकप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन अर्थात् हुण्डाइ टेष्ट ड्राइभ, वाच फिफा वल्र्ड कप २०२२ का विजेता घोषणा गरेको छ । क्याम्पेन विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन् । ११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्रमार्फत् दुई विजेता छनोट गरिएको कम्पनीले जनाएको छ । कम्पनीले शेरबहादुर जिसी र हस्तमाया गुरुङलाई विजेता घोषणा गरेको छ ।

दुई विजेताले आफ्नो रोजाइको एक-एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्च हुण्डाइ नेपालले बेहोर्नेछ । योजनामा सहभागिता जनाउन १९ जुलाईदेखि ३० सेप्टेम्बरसम्म नेपालभरि रहेका हुण्डाइका १७ शोरुमबाट कुनै पनि हुण्डाइ गाडीको टेष्ट ड्राइभ गरी आफूलाई रजिष्टर गर्नुपर्ने थियो । क्याम्पेनले पर्यावरण दिगोपनका लागि हुण्डाइको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको कम्पनीले जनाएको छ । फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबलमार्फत् पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेल पारखीलाई जोड्ने लक्ष्यसहितको क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?