सुनिल र अनुको स्वरमा ‘मोर सजना’

Read Time = 1 min

काठमाडौं । सुनिल दवाडी र अनु चौधरीको स्वरमा रहेको गीत ‘मोर सजना’ सार्वजनिक भएको छ । उमेश मुस्कानको शब्द/संगीत, केशव बडूको एरेन्ज र अमित जोशी (इण्डिया) को मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा प्रेमी पहाडी समुदायका र प्रेमिका थारु समुदायकी भएर पनि उनीहरूबीच झाँगिएको प्रेम र रोमान्सलाई देखाउन खोजिएको छ ।

प्रकाश धितालको निर्देशन रहेको भिडियोमा विकास चौहान र अलिशा बास्तोलाको अभिनय छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?