सलाहको ह्याट्रिकमा लिभरपुलको सानदार जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मोहम्मद सलाहको कीर्तिमानी ह्याट्रिकमा इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा सानदार जित निकालेको छ ।

लिभरपुलले स्कटिस क्लब रेन्जर्समाथि उसकै मैदानमा ७-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो ।

लिभरपुलको जितमा सलाहले ह्याट्रिक पूरा गर्दा रोबर्टो फिर्मिनोले दुई तथा डार्विन नुनेज र हार्भे इलिओटले समान एक गोल गरे। घरेलु टोलीका स्कट अर्फिल्डको गोल सान्त्वना बन्यो ।

यससँगै लिभरपुलले माथिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। समूह ए को दोस्रो स्थानमा रहेको लिभरपुलले ४ खेलबाट ९ अंक हात पारेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?