सरकारी कार्यालयमा पियनदेखि अधिकृतसम्म नै अनुपस्थित

हिमालय टाइम्स
Read Time = 4 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । पाल्पाका सरकारी कार्यालयमा पियनदेखि अधिकृतसम्म नै अनुपस्थित हुने गरेको भेटिएको छ । जिल्लास्थित सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयको छड्के अनुगमनका क्रममा यस्तो देखिएको हो । कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रभावित हुँदै आएको स्थानीयको गुनासोपछि प्रशासनले छड्के अनुगमन गरेको थियो । यहाँका १३ वटा कार्यालयमा गरिएको अनुुगमनमा आठवटा कार्यालयका २७ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।

१२ जनाको दरबन्दी रहेको सुन्तला जात फलफूूल विकास केन्द्रमा ६ जना कर्मचारी अनुपस्थित रहेको जिल्ला प्रशासन कार्यालयका नायव सुुब्बा हरिप्रसाद पन्थीले जानकारी दिनुुभयो । यहाँका कर्मचारी कार्यालय पोशाकमा समेत नरहेको पाइयो । कार्यालयको वेबसाइडसमेत राखिएको छैन । त्यस्तै, १४ जनाको दरबन्दी रहेको सडक पूर्वाधार विकास कार्यालयमा पनि दुईजना कर्मचारी अनुुपस्थित रहेको पाइयो । यहाँ उपस्थित भएका कर्मचारीले समेत नियमितरूपमा हाजिर नै नगरेको नासु पन्थीले बताउनुुभयो ।

दरबन्दीअनुुसार तीनजना कर्मचारी यहाँ अभाव देखिएको छ । यस्तै, मालपोत कार्यालयमा एकजना नासुु अनुपस्थित रहेको देखियो । यहाँ १९ जनाको दरबन्दी रहे पनि नौजनामात्र पदपूर्ति गरिएको छ । मालपोतमा कर्मचारी आउन नमानेका कारण १० जनाको दरबन्दी खाली रहेको छ । कर्मचारी अभावमा काम गर्न असहज भएको कार्यालयले जनाएको छ । यस्तै, अनुुगमनका क्रममा कालिगण्डकी करिडोर परियोजना कार्यालयमा सातजना, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा पाँचजना, यातायात व्यवस्था सेवा कार्यालयमा दुईजना, सडक डिभिजन कार्यालयमा दुईजना र शहरी विकास तथा भवन कार्यालयमा दुईजना कर्मचारी अनुपस्थित रहेको पाइयो । अनुपस्थित हुुने अधिकांश कर्मचारीमा प्राविधिक अधिकृत, सुुब्बा, खरिदार, श्रेणीविहीन र लेखापाल रहेका छन् ।

दशैँको बिदादेखि नै धेरैजसो कर्मचारीहरू कार्यालयमा हाजिर नभएको पाइएको छ । कार्यालयमा कर्मचारी नभएपछि सरकारी सेवा प्रभावित हुँदै आएको छ । कार्यालयमा उपस्थित नभएर नागरिकको सेवा प्रवाह प्रभावित पार्ने जोकोही कर्मचारीमाथि पहिलो चरणमा स्पष्टीकरण सोधिने सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताउनुुभयो । यहाँका अधिकांश कार्यालयले नियमित बैठकसमेत नगरेको पाइएको छ । कार्यालयहरूले आफ्ना सूचना र गतिविधिहरू पारदर्शी, सूचनामैत्री बनाउन वेबसाइडहरू निर्माण गरी अपडेट गर्नुपर्ने भए पनि यहाँका धेरैजसो कार्यालयहरूले वेबसाइड नै बनाएका छैनन् । बनाएका कार्यालयहरूले समेत नियमित अपडेट गरेका छैनन् । अनुुगमनमा पुुगेको टोलीले कर्मचारी हाजिरीलाई व्यवस्थित बनाउनुपर्ने, वेबसाइडहरू अपडेट गर्नुपर्ने, मासिकरूपमा बैठक राख्नुुपर्ने, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?