बेलायती रकेट कम्पनीको अन्तरिक्षमा पुग्ने पहिलो प्रयास विफल

हिमालय टाइम्स
Read Time = 1 min

लण्डन ।  वेलायती रकेट कम्पनी स्काइरोराको अन्तरिक्षमा पुग्ने पहिलो प्रयास विफल भएको छ । प्रक्षेपण गरिएको केही समयमै रकेट प्राविधिक गडबडीका कारण समुद्रमा खसेको हो ।

एडिनवर्गमा प्रधान कार्यालय रहेको स्काइरोराले आइसल्यान्डस्थित लान्गानेस प्रायद्वीपबाट प्रक्षेपण गरिएको आफ्नो स्काइलार्क एल भेहिकललाई पृथ्वीको सतहदेखि एकसय किलोमिटर माथि पुर्याउने लक्ष्य राखेको थियो ।

तर, ११ मिटर लामो सो रकेट प्राविधिक गडबडीका कारण प्रक्षेपणस्थलबाट पाँचसय मिटर भन्दा माथि पुग्न नपाउँदै समुद्रमा खसेको हो ।

स्काइरोराले आगामी वर्ष स्कटल्यान्डबाट पृथ्वीको कक्षमा रकेट प्रक्षेपण गर्ने योजना बनाइरहेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?