बैतडीमा सुर्नया नदीमा बगेर एक जनाको मृत्यु

सांकेतिक तस्बिर

Read Time = 1 min

-डम्बर बोहरा
बैतडी । बैतडीमा नुहाँउने क्रममा बगेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका १ जरौलीका अन्दाजी ५४ बर्षिय नर बहादुर भट्टराईको शुक्रबार नुहाउने क्रममा सुर्नया नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

नुहाउने क्रममा बगेर बेपत्ता भएको खबर प्राप्त हुना साथ स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएका थिए । उनको उपचार क्रममा आज मृत्यु भएको प्रहरी जनाएको छ ।

उनी नेपाल विद्युत प्राधिकरणको युनिट कार्यालय पाटनमा कार्यालय सहयोगीका रुपमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?