सेयर बजारमा १७ अंकको वृद्धि

Read Time = 1 min

काठमाडौं । साताभर सेयर बजार १७ अंकले बढेर बन्द भएको छ । गत साता १८ सय ५३ अंकमा बन्द भएको नेप्से यो साता ०.९१ प्रतिशतले बढेर १८ सय ७० अंकमा पुगेर बन्द भएको हो । नेप्से बढेसँगै बजार पुँजीकरणसमेत बढेर २६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार योे साता पाँच दिनको कारोबारमा आइतबार ८३ करोडको सेयर कारोबार भएको छ भने सोमबार ९७ करोड, मंगलबार ५५ करोड र बुधबार ६९ करोडको तथा बिहीबार ८२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । पाँच कारोबार दिनमध्ये सोमबार र मंगलबार सेयर बजार घटेको थियो भने तीन कारोबार दिनमा बढेको थियो ।

व्यापार समूहबाहेक सबै समूह बढेका छन् । वित्त समूहमा ४.९६ प्रतिशत, विकास बैंक समूहमा ३.५५ प्रतिशत र लघुवित्त समूहमा १.०३ प्रतिशतले बढेको हो । अभियान लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ५२.२५ प्रतिशतले बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?