‘पुराना नेता र दलबाट मुलुक बन्दैन’

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद अशोककुमार चौधरीले पुराना नेता र दलहरुबाट मुलुक नबन्ने बताउनु भएको छ ।

देश र जनताको लागि काम गर्दे बेतिथी, भ्रष्टाचार, वेथिति–बिसंगति अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको बताउँदै उहाँले अहिलेसम्मको अवधीमा अन्य दलहरुबाट भएको कामको समिक्षा गर्न जरुरी भएको जिकिर गर्नुभयो ।

भेटघाट तथा खुला भेलालाई शनिवार भोजपुर सदरमुकाममा सम्वोधन गर्दे सांसद चौधरीले बेतिथी बिसंगती र भष्ट्रचारको बिरुद्धमा पार्टी निरन्तर लागि रहने बताउनुभयो । सोही क्रममा बोल्दै पार्टीका कोशी प्रदेश सभापति राजेश तिमम्सिनाले पटक पटक सत्तामा पुगेका नेताहरुबाट बिकास हुन नसकेको आरोप समेत लगाउनुभयो । उहाँले राजनीतिमा असल नेताहरुको खाँचो रहेकोले त्यस्तो नेताको खोजी गर्न नागरिकलाई आग्रह समेत गर्नुभयो ।

यस्तै कोशी प्रदेश महामन्त्री लालबिक्रम थापाले पुराना दलका नेताहरु आफनो स्वार्थमा मात्र लागेकाले बिकासले फडको मार्न नसकेको बताउनुभयो । २०८४ पछाडि देश बनाउने भिजन लिएर राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढेको महामन्त्री थापाले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?