काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनशीपमा नेपालले पाकिस्तानमाथि ३-५–०-५ को सानदार जित दर्ज गरेको छ ।
शनिबार सम्पन्न तेश्रो राउण्डको खेलमा नेपालको तर्फबाट पहिलो बोर्डमा फिडेमास्टर रिजेन्द्र राजभण्डारीले आफूभन्दा उच्च वरियताका पाकिस्तानी फिडेमास्टर करिम अमेरलाई पराजित गरे । दोश्रो बोर्डमा खेलेका फिडेमास्टर विलमलाल श्रेष्ठले सोहिल जुनाईदमाथि सहज जित हात पारे ।
प्रतियोगितामा पहिलो खेल खेलेका राजेन्द्रप्रसाद श्रेष्ठले चौथो बोर्डमा उच्च वरियताका मुहमद सहाजेवलाई हार चखाए भने तेश्रो बोर्डमा प्रतिस्पर्धा गरेका सिंगेश्वर दासले उच्च वरियताका फिडेमास्टर मुहमद वाकरलाई बराबरीमा रोक्न सफल रहे ।
तीन राउण्डको समाप्ति पश्चात आयोजक बंगलादेश ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ । त्यसैगरी समान चारचार अंक बनाएका नेपाल तथा श्रीलंका क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहेका छन् । राउण्ड रोविन प्रणालीमा सञ्चालन भईरहेको च्याम्पियनशीपको पहिलो चरणको समाप्ति पश्चात शिर्ष तीन टोली सुपर लिगमा प्रवेश गर्नेछन् । च्याम्पियनशीप अन्तर्गत नेपालले आइतबार श्रीलंकाको सामना गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच