धनगढी । नेपाली कांग्रेससंग सम्बद्ध रहि गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार हुनुभएका उम्मेदवार र निजका प्रस्तावक, समर्थकलाई पार्टीवाट निष्कासन गरिएको छ ।
आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारीक उम्मेदवार र सत्तारुढ गठबन्धन पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका उम्मेदवारलाई कारवाही गरिएको जनाएको हो ।
सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमती अनुरुप आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको मितिमा उम्मेदवारी फिर्ता नलिएका प्रतिनिधि र प्रदेश सभा दुवै तर्फका उम्मेदवारलाई कारवाही गरिएको जनाइएको छ ।
ुउम्मेदवारसहित प्रस्तावक र सर्मथकलाई नेपाली कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा ३४ ९१० (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार तपशिलका व्यक्तिहरुलाई नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि ५ वर्षका लागि पार्टीको केन्द्रीय कार्य समितिले निष्कासन गरेको व्यवहोरा अवगत गराउँदछौुं, काग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
कारवाहीमा पर्नेमा क्षेत्र नं २ (ख) का भरतकुमार शाही र उहाँका समर्थक कमलकुमार विक, क्षेत्र नं ३ का नविनकुमार बोहरा सोही क्षेत्रको प्रदेश (ख) का उम्मेदवार गोविन्दराज जोशी उहाँका प्रस्तावक कमलबहादुर वडुवाल र समर्थक देवीराम खत्री क्षेत्र नम्बर ३ (ख) कै लक्ष्मण शाही, क्षेत्र नम्बर ४ (ख) का भगवती पाठक ओझा, क्षेत्र नम्बर ५ (ख) का क्षितिज भण्डारी र क्षेत्र नं। ५ मा संघीय स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई कारबाही गरिएको छ । कैलाली क्षेत्र नं। ५ मा संघीय सांसदका लागि स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझा हुनुहुन्छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच