स्वर्गीय महर्जनको प्रथम वार्षिकी

Read Time = 2 mins

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले महासंघ अध्यक्ष स्वर्गीय रमेश महर्जनको आकस्मिक एवं असामयिक दुखद निधनको प्रथम वार्षिकी आयोजना गरेको छ । २०२१ मंसिर ८ गते ललितपुरमा जन्मनुभएका महर्जनको २०७८ कात्तिक १ गते दुखद निधन भएको हो ।

संस्थापक अध्यक्ष महर्जनले महासंघको स्थापनाकालदेखि नै कुशल नेतृत्व प्रदान गर्दै आउनुभएको थियो । उहाँले आभूषण क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख आधारस्तम्भ बनाउने भीष्म प्रतिज्ञासाथ मुलुकभरका गहना व्यवसायी र सम्बन्धित क्षेत्रका संघलाई संगठित गरी बहुमूल्य गहना तथा आभूषण क्षेत्रमा मुलुककै पहिलो महासंघको स्थापना गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै जीवनपर्यन्त सशक्त नेतृत्व प्रदान गर्नुभयो ।

महर्जन पहिलो पुस्ताका ज्वेलर्स हुनुहुन्थ्यो । उहाँले स्थापना गर्नुभएको आरबी डायमण्ड ज्वेलर्स प्रालि झण्डै २५ वर्षको अवधिमा देशको एक प्रमुख ज्वेलर्स बन्न सफल भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?