‘समावेशी आर्थिक विकास समाजवादको आधार’

Read Time = 4 mins

काठमाडौं । समावेशी आर्थिक विकास समाजवादको आधार हुने बुद्धिजीवीहरूले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठान र प्रवासी नेपाली मञ्चले राजधानीमा आयोजना गरेको समावेशी आर्थिक विकासका लागि नेपालका चुनौती विषयक अन्तरक्रियामा उनीहरूले यस्तो बताएका हुन् ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले समृद्ध नेपाल, सुखी नेपाली एमालेको गन्तव्य भएको बताउनुभयो । उहाँले मुलुक समृद्ध हुँदामात्रै समाजवादमा जान सकिने भन्दै एमाले समावेशी आर्थिक विकासको पक्षमा रहेको बताउनुभयो । आर्थिक वृद्धिका संवाहकका रूपमा रहेका कृषि र वन, उद्योग, पर्यटन, ऊर्जा, यातायात तथा सूचना प्रविधि तथा भौतिक पूर्वाधारको तीव्र विकास एमालेको प्राथमिकतामा रहेको उल्लेख गर्दै रिमालले आसन्न निर्वाचनको घोषणापत्रमा पनि सोही विषय समावेश गरिने बताउनुभयो ।

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले नेपालको विशिष्टताका आधारमा समाजवादको मोडल तयार गरिनुपर्ने बताउनुभयो । समावेशी आर्थिक विकासका माध्यमबाट उच्च आर्थिक वृद्धि गर्ने कामले समाजवाद निर्माणमा योगदान पुग्ने भन्दै उहाँले ग्रिन इकोनमीलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्प कँडेलले मिश्रित अर्थव्यवस्था र लोक कल्याणकारी राज्यमार्फत् समाजवादको आधार निर्माण गर्ने एमालेको कार्यदिशा भएको बताउनुभयो । मिनेसोटा विश्वविद्यालय अमेरिकाका सहप्रध्यापक डा. सतिस देवकोटाले नेपालको समावेशी आर्थिक विकासका चुनौती र समाधानको उपाय विषयक कार्यपत्र प्रस्तुत गर्दै समावेशी आर्थिक विकासले गरिबी निवारण र असमानता कम गर्न योगदान गर्ने बताउनुभयो । पूर्वसचिव डा. मानबहादुर बिकेले नीति र समाजबीचमा रहेको दूरी कम गर्दै राज्य समाजका पछि परेका वर्गको संरक्षण गर्ने सिद्धान्तबाट अघि बढ्नुपर्ने बताउनुभयो ।

परिषद्का उपाध्यक्ष तथा नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विधान आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा तारा कार्की, किरण बिके, समीर नेपाल, प्रमिला सापकोटा, डा. तारानिधि भट्टराई, बाबुराम भारद्वाज, केशव अधिकारी, चित्र श्रेष्ठ, इन्दिरा पराजुली, आर सुवेदी, तेज सुनारलगायतले बोल्नुभएको परिषद्का उपमहासचिव सुशील बिकेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?