यस्तो छ तपाईंको कात्तिक १ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल कात्तिक १ गते मंगलबार, ई.सं.- १८ अक्टोबर, २०२२ । तिथि- कार्तिक कृष्णपक्ष अष्टमी, १०ः१४ बजे उप्रान्त नवमी, नक्षत्र- तिष्य, योग- सिद्ध, करण- कौलव, चन्द्रराशि- कर्कट, सूर्योदयः ६ः०६, सूर्यास्त : १७ः३० ।

मेष : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।

कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

सिंह : सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कन्या : दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजस मिल्नेछ ।

मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?