सरकारी कार्यालयबीच तालमेल नहुँदा किसानले राहत पाएनन्

हिमालय टाइम्स
Read Time = 4 mins

प्रकाश मैनाली/हिटा
सर्लाही । गत असोजमा आएको बाढीका कारण क्षति बेहोरेका सर्लाहीका किसानहरूले अझै राहत पाउन सकेका छैनन् । बेमौसमी वर्षाका कारण किसानले लगाएको धान बालीमा ठूलो क्षति भएपछि सरकारले राहत प्रदान गर्ने भनेर विवरण संकलन कार्य थालनी गरेको भए पनि किसानले एक वर्ष हुँदासमेत राहत पाउन नसकेका हुन् । राहत पाउन सरकारले झुकाएको जस्तो भएको सर्लाही ईश्वरपुरका किसान बिकाउ साह बताउनुहुन्छ ।

बाढीका कारण यहाँ धानलगायत अन्य बाली तथा पशुचौपायको समेत क्षति भएको थियो । संघीय र प्रदेश सरकारको टोलीले राहत बाँड्ने आश्वासन दिएकोे महिनौँ बितिसक्दा पनि राहतको नामको सुक्को नपाउँदा किसानहरू निराश भएका छन् । किसानले राहत पाउने आसामा स्थानीय तहमा आवेदनसमेत दिएको भएपनि अहिलेसम्म राहत हात पार्न नसकेका हुन् ।

यसरी किसानले राहत नपाउनुमा सरकारी निकायबीचको विश्वासको कमी रहेको देखिन्छ । किसानले आफ्नो जग्गा रहेको वडाबाट रहात फारम भरे तथा निदेसिकाले एक किसानको एक निवेदन भनेकाले राहत उपलब्ध गराउन नसकिएको राहत रकम निर्धारण समितिका संयोजक तथा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताउनुभयो ।

नेपाल सरकारले बनाएको मापदण्डअनुसार १० कठ्ठाभन्दा कम जमिन भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठा भन्दामाथि र तीन बिघाभन्दा कम भएका किसानको हकमा ३० प्रतिशत र तीन बिघाभन्दा माथि जमिन रहेका किसानको हकमा क्षतिको २० प्रतिशत उपलब्ध गराउने मापडण्ड बनाएको भए पनि किसानको यकिन निवेदन नपरेकाले राहात बाढ्न नसकिएको अधिकारीको भनाइ छ । त्यसमा पनि एक किसान बराबर ५८ हजार नबढ्ने गरी राहत उपलब्ध गराउनु भने रहेको छ । त्यसका लागि सर्लाहीको मालपोत कार्यालयमा किसानको नाम थर तथा नागरिकता नम्बर हालेर एकमुष्ट विवरण हेर्ने प्रविधि सञ्चालन नभएकाले किसानको वास्तविक जग्गा पता लगाउन नसकेकाले राहत दिन नसकिएको अधिकारीको भनाइ छ । स्थानीय पालिकाले समेत किसानको एकमुष्ट विवरण पठाउन नसक्दा अर्को समस्या देखिएको छ ।

अहिले पनि सर्लाही मालपोत कार्यालयमा कुनै कागज खोज्दा पुरानै ढड्डा खोज्नुपर्ने बाध्यता कायमै रहेको छ । किसानले राहतका लागि निवेदन दिएको भए पनि कहिले र कति पाइने हो भन्ने कुनै जानकारी नभएको गुनासो गर्छन् ।
धान, अन्य बाली र पशुपन्छीमा गरी आलु, तोरी र मसला बालीमा करोडौँ करोडको क्षति भएको छ । बेमौसमी वर्षाले पशुपन्छीमा पनि करोडौंको क्षति भएको विवरण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?