एमाले अध्यक्ष ओलीसँग टेलिफोन संवादका लागि एक लाख १३ हजारले टिपाए नाम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमा संवाद गर्दै हुनुहुन्छ । जसका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय दिइएको छ ।

एमाले अध्यक्ष ओलीसँग संवाद गर्न बुधबार दिउँसो साढे ३ बजेसम्म एक लाख १३ हजार चार सय ७७ जनाले नाम र नम्बर टिपाएका छन् । उहाँले यो उत्साहपूर्ण सहभागिताले आफूलाई खुसी लागेको बताउनु भएको छ ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ओलीले झन्डै सवा लाख मानिसले आफूसँग संवाद गर्न चाहेको र धेरै नाम आएकाले बिहीबार १२ बजेसम्म नाम टिपाउन सकिने जानकारी दिनुभएको छ । संवादमा ओलीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे पार्टीका धारणा र एजेन्डा प्रस्तुत गर्ने हुनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिवेटमा सहभागी हुन आह्वान गर्नुभएको छ । तर देउवाले अहिलेसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?