नवौं राष्ट्रिय खेलकुदमा खोटाङ करातेलाई चार पदक

हिमालय टाइम्स
Read Time = 1 min

-चिसाङ शेर्पा
खोटाङ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत नेपाल सितोरियो कराते संघ खोटाङले चार पदक जितेको छ । पर्वतको कुश्मामा भएको प्रतियोगितामा खोटाङ करातेले दुई रजत र दुई कास्य पदक जितेका हुन् ।

महिला टिम कातामा रोश्मा राई, विद्याकला राई र समिता राईले रजत पदक तथा महिला कुमितेको ५५ केजी तौल समुहमा विद्याकला राईले रजत पदक जितेकी हुन् ।

यस्तै, महिला कुमितेको ६८ केजी तौल समुहमा मिसडोना राई र पुरुष कुमितेको ७५ केजी तौलमा रुरिहाङ दुमी राईले कास्य पदक जितेका छन् ।

उनीहरु प्रदेश नम्बर १ को प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएका थिए । कुश्मामा गएको असोज २८ गतेदेखि नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कराते प्रतियोगिता भएको थियो । प्रतियोगिता भोली सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?