डब्ल्युएचओ प्रमुखमाथि लाखौं डलर दुरुपयोग गरेको आरोप

Read Time = 2 mins

लण्डन, एपी । सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ । उक्त कार्यालयका कर्मचारीले कोभिड-१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा.अक्जेमल म्याग्टिमोभाले सरकारी अधिकारीलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरुपयोग गरेको आरोप लागेको हो ।

एसोसिएटेड प्रेस (एपी)ले प्राप्त गरेको एक सयभन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्युएचओका सिरिया प्रमुखले सिरियाली सरकारका उच्च पदस्थ राजनीतिज्ञहरूसँग सम्झौता गर्न कर्मचारीलाई दबाब दिनुभएको तथा लगातर गलत ढंगले कोष र दाताहरूले दिएको रकम दुरुपयोग गरेको बयान दिएको भेटिएको छ । कर्मचारीहरूले अनुसन्धानकर्तालाई उहाँले भ्रष्टाचार गरेको बयान दिएको दस्तावेज एपीले हात पारेको हो ।

म्याग्टिमोभाले आफूमाथि लागेका आरोपबारे जवाफ दिन अस्वीकार गर्नुभएको छ । आफ्नो पदीय मर्यादाको ख्याल गर्दै उहाँले जानकारी दिन अस्वीकार गरेको बताउनुभएको छ । यद्यपि उहाँले ती आरोपलाई अपमानजनक भन्नुभएको छ । उहाँविरुद्ध १२ जना कर्मचारीले उजुरी गरेका थिए । उजुरीपरेसँगै डब्ल्यूएचओले २० भन्दा बढी अधिकारी खटाएर आन्तरिक अनुसन्धान थालेको छ । उक्त संस्थाले उहाँविरुद्धको अरोपको छानबिन भइरहेको र त्यसनिम्ति बाहृय अनुसन्धानकर्ता परिचालन गरेको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?