कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य छैनः पृथ्वीसुब्बा गुरुङ

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

लमजुङ । एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो भाग्य कसको हातमा सुम्पने भन्ने कुरा जनताकै हातमा रहेको बताउनु भएकाे छ ।

एमाले बेंसीसहर नगरपालिका कमिटीले शुक्रबार आयोजना गरेको उम्मेदवार परिचय एवं बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जिल्लाको विकास र जनताको हितका निम्ति गठबन्धनका उमेद्वारलाई जिताउने कि एमालेका उमेद्वारलाई जिताउने भनी सोचविचार गरेर मात्र लमजुङे जनताले मतदान गर्नुपर्ने बताउनुभयाे ।

एमालेले लिएको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूरा गर्न सूर्यमा मतदान गर्न उहाँले आग्रह गर्नुभयाे । लोकतन्त्रको मूलभूत सिद्धान्तलाई एमालेले सदैव पालना गर्दै आएको उहाँको भनाइ थियो ।

गठबन्धन सरकारले देशको विकासका निम्ति कुनै उल्लेखनीय काम गर्न नसकेको र एमाले सरकारमा हुँदा ल्याएको विकास र नीतिलाई समेत उल्लंघन गरेको भन्दै कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य नभएको उहाँले आरोप लगाउनुभयाे । भविष्य नभएको पार्टीमा लागेर कुनै काम नहुने उहाँले बताउनुभयाे ।

आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा गण्डकी प्रदेश उज्यालो अभियान, एक घर एक धारा, सडकको अभियानलाई अघि बढाएर विकासलाई तीव्र पारे पनि गठबन्धनको सरकारले सवै अभियानलाई ध्वस्त पारेकाले विकासका कार्य अधूरा रहेको उहाँको दाबी थियो ।

लमजुङमा सत्तागठबन्धनबाट माओवादी महासचिव देव गुरुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?