जनता हाम्रो भगवान् हुन्, झुटो आश्वासन नदिऊ : पूर्वराज्यमन्त्री रज्जाक

Read Time = 2 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । पूर्व सिचाई राज्य मन्त्री अब्दुल रज्जाकले राजीतिक दलहरुले जनतालाई झुट ढाट्ने काम बन्द गर्नुपर्ने बताउनु भएको छ । उहाँले जनतालाई विश्वासमा लिएर कामगर्न नसक्ने अनि ठाउँ ठाउँमा झुट बोल्ने गरेको बताउनु भयो।

रुपन्देही जिल्ला क्षेत्र नं १ ख प्रदेश सभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका रज्जाकले आज दीपावली तथा छठ पर्वको अवसरमा नेपाली काँग्रेस रोहिणी गाउँपालिकाद्धारा आयोजित कार्यक्रमका बोल्दै एमाले झुटको खेती गर्ने पार्टी रहेको आरोप लगाउनु भयो ।रुपन्देही क्षेत्र नं १ का सांसद तथा एमालेका लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा त्यसमा झन् माहिर रहेको बताउँदै रोहिणी गाउँपालिका क्षेत्रमा विकास निर्माणका कुनै पनि कार्यहरू नगरेको र जनतालाई झुटो आश्वासन दिएको रज्जाकले बताउनु भयो ।

उहाँले झुट बोल्न काम बाहेक विश्वकर्माले अरू नगरेको बताउँदै जनता प्रति भ्रमको खेती नगर्न छबिलाल बिश्वकर्मलाई आग्रह गर्नु भयो । आफूहरूले लोकतन्त्रको रक्षाका लागि र शिक्षा स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकताहरूको परिपूर्तिलाई मध्य नजर गर्दै योजना निर्माण गरिने बताउँदै झुटो आश्वासन दिएर मत माग्न आउनेबाट सतर्क रहन जनतालाई आग्रह गर्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?