शेयर बजारमा सीमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने कुरा स्वीकार्य छैन : अर्थमन्त्री  

फाईल तस्बिर

Read Time = 4 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ५६ लाख शेयर लगानी कर्ताको नाम लिइ सिमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने कुरा सह्य नहुने बताउनुभएको छ ।

नेपाल धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शेयर मार्केट सिमित व्यक्तिको फाइदा पुग्ने माध्यमको रुपमा मात्रै सिमित बन्नु नहुने बताउनु भयो । उहाँले लगानीकर्ताहरु बैंकमा राख्दा बढी हुन्छ की शेयर बजारमा लगानी गर्दा बढी कमाइन्छ भन्ने हिसावले लगानी गर्ने गरेको भन्दै सिमित व्यक्तिलाई फाइदा हुनेगरी शेयर लगानी हुन नदिन बोर्डलाई आग्रह गर्नुभयो ।
उहाँले शेयर बजारलाई अटोमेटेड सिस्टममा र पेपरलेस बनाएर हरेक क्रियाकलाप लैजाने गरी अघि बढ्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले शेयरमार्केटलाई अझ स्वस्थ र बिस्तारित गरेर लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले शेयर मार्केट कमजोर गर्ने र विश्वास कम गर्नेकुरा सरकारबाट नहुने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘शेयर मार्केट सिमित व्यक्तिको फाइदा पुग्ने माध्यमको रुपमा मात्रै सिमित बन्नु हुँदैन । यो आम लगानीकर्ताको बैंकमा राख्दा कति आउँछ, त्यहाँ राख्यो भने अलि फाइदा हुन्छ की भनेर आफूले मेहनत गरेर, जुन लगानी गरेका छन्, उनीहरुलाई प्रोटेक्ट गर्ने सबैभन्दा ठूलो जिम्मेवारी यसको हो । यसलाई अब प्रतिष्पर्धामा लैजानुपर्छ । प्रतिष्पर्धामा लैजान धितोपत्रले काम गरिरहेको छ । अटोमेटेड सिस्टममा र पेपरलेस हरेक क्रियाकलापलाई लैजाने गरी अघि बढ्नुपर्छ । यो शेयरमार्केटलाई अझ हेल्दी बिस्तारित गरेर लैजानुपर्छ, त्यसका लागि राष्ट्रबैंकले के गर्नुपर्छ, त्यसका लागि हामीले भनेका छौँ नै । मेरोतर्फबाट पनि कतै भ्रम सिर्जना गर्ने कोशिस नहोस्, शेयर मार्केट कमजोर गर्ने र विश्वास कम गर्नेकुरा हामीबाट हुँदैन । तर सिमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने र नाम ५६ लाखको लिने गरी काम गर्ने परम्पराको अन्त्य हुनुपर्छ ।’

शेयर बजारमा जलविद्युत कम्पनी बढी भएको र उद्योगी व्यवसायी यो क्षेत्रमा आउने क्रम बढेको दाबी गर्नुभयो । उहाँले यस क्षेत्रमा आउने उद्योगी व्यवसायी बढ्दा पारदर्शिता बढ्न अपेक्षा रहेको समेत बताउँदै बजारलाई स्वस्थ बनाउन अनुगमन पारदर्शी बनाउन आग्रह गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?