काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापितलाई पछ्याउँदै सिर्जना

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायम राख्नुभएको छ ।

पछिल्लो ताजा मतपरिणाम अनुसार लौरो चुनाव चिन्ह लिनुभएका शाहले १५ हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।

शाहलाई निरन्तर पछ्याई रहनुभएका नेकपा एमालेका मेयर पदका उम्मेद्वार केशब स्थापितले आठ हजार २७२ मत ल्याउनु भएको छ ।

यस्तै, गठबन्धनकी साझाँ उम्मेद्वार नेपाल कांग्रेसकी सिर्जना सिंहले सात हजार २९० मत ल्याउनुभएको छ ।

शनिबार बिहान पौने दश बजेबाट सुरु भएको मतगणना जारी छ । सुस्त गतिमा चलिरहेको मतगणनामा वडा नम्बर १ र २ को सकिएको छ भने अहिले ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मत गणना चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?