काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायम राख्नुभएको छ ।
पछिल्लो ताजा मतपरिणाम अनुसार लौरो चुनाव चिन्ह लिनुभएका शाहले १५ हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।
शाहलाई निरन्तर पछ्याई रहनुभएका नेकपा एमालेका मेयर पदका उम्मेद्वार केशब स्थापितले आठ हजार २७२ मत ल्याउनु भएको छ ।
यस्तै, गठबन्धनकी साझाँ उम्मेद्वार नेपाल कांग्रेसकी सिर्जना सिंहले सात हजार २९० मत ल्याउनुभएको छ ।
शनिबार बिहान पौने दश बजेबाट सुरु भएको मतगणना जारी छ । सुस्त गतिमा चलिरहेको मतगणनामा वडा नम्बर १ र २ को सकिएको छ भने अहिले ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मत गणना चलिरहेको छ ।







‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक
राशिफल ३० साउन, कन्या :