पहिरोको कारण पृथ्वीराजमार्ग अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

दमौली । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनमा शनिबार वर्षाका कारण पहिरो खसेको हो।

पहिरोले बाटो बन्द भएपछि एम्बुलेन्ससहितका सवारी साधनहरू बाटोमै रोकिएका छन् ।

लामो तथा छोटा दुरीका सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन्। लेदोसहितको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पनि पहिरो खस्दा सडक अवरुद्ध छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?