सिनेमाघरमा ‘ऐंचो पैंचो’ र ‘गणपति’

मुकुन भुसाल अभिनित दुई चलचित्र एकसाथ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशभरका सिनेमाघरमा आजदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन् ‘ऐंचो पैंचो’ र ‘गणपति’ । जनै पूर्णिमाको अवसर पारेर बिहीबारबाट यी दुई चलचित्र प्रदर्शनमा आएका हुन् ।

कृषा चौलागाईंको डेब्यु निर्देशन रहेको ‘ऐंचो पैंचो’मा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । सिनेमाको एक गीतमा एलेक्स विक पारस विशेष भूमिका देखिनुभएको छ ।

देशभरका सिनेमाघरमा आजदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन् ‘ऐंचो पैंचो’ र ‘गणपति’ । जनै पूर्णिमाको अवसर पारेर बिहीबारबाट यी दुई चलचित्र प्रदर्शनमा आएका हुन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाईं सहनिर्माता हुनुहुन्छ । अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्यसहायक निर्देशक, विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन चलचित्रमा छ ।

यस्तै सविन अधिकारीको निर्देशन र लेखन रहेको ‘गणपति’मा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानालगायतको अभिनय छ ।

रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको यस चलचित्रको कार्यकारी निर्मातामा विज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा सम्पादक बनिष शाह हुनुहुन्छ । शंकर अधिकारी घायल, देवेन्द्र बब्बु, बाबुल गिरी, अनिश अधिकारी र सविन अधिकारीको शब्द अनि बाबुल गिरी र विशाल निरौलाको संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन र हरि घले लामाको छायांकन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?