पहाडी भूभागमा आंशिक वदली रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मंगलबार बिहान देशका पहाडी भूभागहरूमा आंशिक वदली रही बाँकी भूभागहरुमा मौसम सामान्यता सफा रहेको छ।

दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक वदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिक वदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरू र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?