प्रकाश पौडेल माइलाको ‘साइकलमा सल बेरियो’

Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा साहित्यकार प्रकाश पौडेल ‘माइला’को गीत ‘साइकलमा सल बेरियो’ सार्वजनिक भएको छ । वसन्त थापा र अस्मिता अधिकारीको स्वर, वसन्तकै संगीत र एचवीएन किस्मतको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोलाई वसन्तकै युट्युब च्यानलमार्फत सार्वजकिन गरिएको छ ।

मौसमी हिमालीको निर्देशन तथा कोरियोग्राफ रहेको गीतको भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेतीको प्रखर अभिनय देख्न सकिन्छ । पौडेलले गीतमा गाउँले परिवेशलाई सचित्र उभ्याउने कोसिस गर्नुभएको छ । साइकल, मिल, सल, चौलानी, पराल, भर्‍याङ, कुलो, इनारजस्ता बिम्बहरूलाई उहाँले गाउँले प्रेमसँग जोडनुभएको छ । गीतको भिडियोमा पनि सोही भावलाई उतार्न हिमाली सफल देखिनुभएको छ । राजेश घिमिरेको छायांकन रहेको भिडियोमा विकाश ज्ञवालीको सम्पादन छ ।

गीतका रहेको शब्द संयोजन तथा शब्दको भावनजिक रहेर गरिएको भिडियो संयोजन स्रोतालाई आफ्नो किशोर तथा युवाकालको रुमानी सम्झनामा पु¥याउन गीत सक्षम देखिन्छ । पौडेल लामो समयदेखि जापानमा रहेर साहित्यसेवामा समर्पित स्रष्टा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?