आइएमई पेको बिगमार्ट अफर

Read Time = 1 min

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले चितवनस्थित बिगमार्टसँग सम्झौता गर्दै हृयाप्पी सपिङ याट् बिगमार्ट नामक अफर घोषणा गरेको छ । अफरको पहिलो चरणअन्तर्गत ग्राहकले जेठ महिनाभरि बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यानमार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुटअन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोबारमा सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधिभर पाँचपटकसम्म पाउने कम्पनीले जनाएको छ ।

अफरको दोस्रो चरण असार १ देखि साउन ३२ सम्म रहनेछ । सो अवधिमा कम्पनीले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नुका साथै ग्राहकलाई विभिन्न किसिमका गेम खेलाइने र उपहारसमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?