दक्षिण युक्रेनका ४० सहर र गाउँ पुनः कब्जा गरिएको जेलेन्स्कीको दाबी

हिमालय टाइम्स
Read Time = 2 mins

किभ । किभको सेनाले दक्षिणी युक्रेनका ४० भन्दा बढी सहर र गाउँहरू पुनः कब्जा गरेको राष्ट्रपति जेलेन्स्कीले दाबी गरेका छन् । मस्कोले आफ्नो सेनाले रणनीतिक सहर खेरसनबाट पछि हट्न थालेको संकेत गरिरहेका बेला जेलेन्स्कीको दाबी आएको हो ।

यसैबीच संयुक्त राज्यले किभको लागि नयाँ ४ ०० मिलियन डलरबराबरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ, जसमा रक्षा प्रणाली र सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू समावेश हुनेछन् । रुसी सेनाले केही दिनअघि युक्रेनका प्रमुख पूर्वाधारहरूलाई लक्षित गरेको थियो ।

आज हामीसँग दक्षिणबाट राम्रो समाचार छ, जेलेन्स्कीले राष्ट्रलाई आफ्नो दैनिक सम्बोधनमा भने। चलिरहेको रक्षा अपरेशनको भागको रूपमा आफ्नो सही स्थानमा फर्किने युक्रेनी झण्डाहरूको संख्या पहिले नै दर्जनौं छ, जेलेन्स्कीले भने । उनले ४१ वटा बस्ती रुसी कब्जाबाट मुक्त गरिएको बताए ।

मस्कोले खेरसन सेनालाई हटाउनु कठीन निर्णय भएको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?