लण्डन । बेलाइतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
औपचारिक रूपमा आइतबार प्रधानमन्त्री बनेका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा उक्त प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्रीले आर्थिक स्थायित्व पुनः स्थापना गर्ने र ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
यसअघि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेट गरेका थिए । राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका थिए ।
पहिलो एसियाली मूलका ब्रिटिश प्रधानमन्त्री सुनक यस वर्ष त्यहाँ बनेका तेस्रो प्रधानमन्त्री हुन्। एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच