पार्टी कारबाहीको पर्वाह छैन, म कांग्रेसका बागीको पक्षमा छु : पाटन नगरसभापति

Read Time = 3 mins

-डम्बर बोहरा
बैतडी । नेपाली कांग्रेसका पाटन नगर सभापति मानबहादुर ऐरले स्वतन्त्र उम्मेदवारलाई सघाउने हुनु भएको छ । आइतबार बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफू स्वतन्त्र उम्मेदवारको पक्षमा रहेको बताउनुभयो ।

८५ प्रतिशत नेता कार्यकर्ता स्वतन्त्रको पक्षमा रहेकाले आफु पनि स्वतन्त्र उम्मेदवारलाई नै सघाउने ऐरले जानकारी दिनुभयो । ‘पार्टीले टिकट वितरणमा गलत निर्णय गरेको छ’ उहाँले भन्नुभयो ‘जनमत भण्डारी र चन्दको पक्षमा छ त्यसैले म पनि स्वतन्त्रकै पक्षमा रहेको छु । ’ नगरसभापति ऐरले पार्टीले जुनसुकै कारवाही गरेपनि आफु सहन तयार रहेको बताउनुभयो ।
टिकट वितरणमा असन्तुष्टि जनाउदै नेपाली कांग्रेसका नेता केशवबहादुर चन्दले प्रतिनिधी सभा सदस्य र हरिमोहन भण्डारीले प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दिनुभएकाे थियाे ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार चन्दले नेपाली कांग्रेस पार्टीलाई बचाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । ‘नेपाली कांग्रेसको बहुमत हुँदाहुदै पनि अरुलाई संघको टिकट दिइयो ’ उहाँले भन्नुभयो ‘ कांग्रेसका नेता कार्यकर्ताको आग्रहमा आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको र जित पनि सुनिश्चित छ ।’

यस्तै प्रदेश सभा क्षेत्र नम्बर (क) मा स्वतन्त्र उम्मेदवार रहनुभएका भण्डारीले ३६ वडा सभापतिको आफुलाई समर्थन रहेको बताउनु भएकाे छ । पाँच स्थानिय तह रहेको प्रदेश सभा क्षेत्र नम्बर (क) मा ४२ वडा मध्ये ३६ वडा सभापति आफ्नो पक्षमा रहेकाे दावी गर्दै आफुले नै चुनाव जित्ने भण्डारीले बताउनुभयो ।

बैतडीमा प्रतिनिधी सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका नरेन्द्र कुवँर ( विजयसुन्दर ) ले प्रदेशसभा क्षेत्र नम्बर (क) मा नेपाली कांग्रेसकै जिल्ला उपसभापति समेत रहनुभएका नेपाली कांग्रेसका नेता वीरबहादुर बिष्टले टिकट पाउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?