पश्चिमी वायुको प्रभावले यि स्थानमा हुनसक्छ वर्षा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भुभागका एक/दुई स्थानमा हल्का वर्षा हुनसक्ने आकलन गरिएको छ ।

राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली बदलीको सम्भावना रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?