बाइडेनले अमेरिकामा ५४ राज्य भनेपछि …

हिमालय टाइम्स
Read Time = 2 mins

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेन फेरि एकपटक आफ्नो गफका कारण सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।

यस पटक ७९ वर्षीय राष्ट्रपतिले दावी गरे कि उनले ओबामाकेयरको रक्षा गर्न सन् २०१८ मा ‘५४ राज्यमा’ अभियान चलाएको बताएका छन् । उनले शुक्रबार ‘पेन्सिलभेनिया डेमोक्रेटिक पार्टी रिसेप्शन’मा सम्बोधनका क्रममा यस्तो भनाइ राखेका थिए ।

आफ्नो भाषणको क्रममा बाइडेनले दाबी गरे कि ट्रम्पले ओबामाकेयरलाई प्रतिस्थापन गर्न अभियान चलाएका थिए तर डेमोक्र्याटहरूले ट्रम्पको अभियानलाई सफल हुन नदिन सन् २०१८ मा कडा अभियान चलाए ।

अमेरिकी राष्ट्रपतिले आफ्नो भाषणमा भने, ‘ निस्सन्देह, तिनीहरू आफ्नो ४९९औं पटक प्रयास गर्दैछन्, वा संख्या जे होस् तिनीहरू अझै पनि सस्तो हेरचाह ऐन हटाउन कटिबद्ध छन् । र, यदि तिनीहरू गरे भने मजाक होइन ।

सम्बोधनका क्रममा उनले अगाडि भने, ‘तसर्थ सन् २०१८ मा यसलाई हामीले हरायौँ । हामी ५४ राज्यमै पुुग्यौँ । ’ उनले सम्बोधन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अमेरिकामा ५० राज्य छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?