खोले पक्राउने क्रममा सल्किएको आगोले घर जल्यो

हिमालय टाइम्स
Read Time = 1 min

खोटाङ । गाईवस्तुका लागि खोले पकाउने क्रममा सल्किएको आगोले खोटाङमा एक घर जलेको छ । घर नजिकैको मतानमा खोले पकाउने क्रममा बालेको आगोबाट सुरु भएको आगोले जन्तेढुंगा गाउँपालिका-५ चिसापानी भोर्लेका रवीन राईको मतानका साथै घर पनि जलेको हो ।

आगोले घरको माथिल्लो तलामा राखिएको काठपातसहित करिब पाँच लाख बराबरको सामान नष्ट भएको प्रहरीको भनाइ छ । प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?