ललितपुर । ललितपुर महानगरपालिका ५ कुमारीपाटीस्थित एनएमबी बैंकको एटीएम मेसिन तोडफोड गरी चोरीको प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-३ घर भई ग्वार्को बस्ने ३१ वर्षीय बसन्त तिवारी, ललितपुर सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी धरान उपमहानगरपालिका १५ भानुचोकका ३५ वर्षीय अनिल राई छन् ।
कात्तिक ४ गते राति उनीहरूले उक्त बैंकको एटीएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरेका थिए । प्रहरीले उक्त बैंकमा रहेको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान तथा पक्राउ गरेको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिनुभयो ।
उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच