इमान्दार भएर काम गर्न मातहतका निकायलाई मेयर शाहको निर्देशन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ । कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उहाँको भनाइ थियो ।

बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उहाँले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणा समेत राख्नु भएको छ ।

जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पु¥याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर शाहले बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपालमा के चलन छ भने ठूल्ठूला केसहरु फेरी मेलमिलापमै समाधान हुन्छन । स–साना केसहरु चाँही पाँच वर्ष, १० वर्ष अदालतमा अड्किन्छ । त्यो हुनुहुन्न । एकदमै जघन्य अपराध भएका कुराहरुलाई पनि हामीले मेलमिलाप गरेर सल्टयाई दिन्छौं । त्यस्तो हुुनु हुँदैन । त्यो चाँही जुन अदालतमै जानुपर्ने, जुन एकदमै जघन्य अपराधमा पर्छ । जसका लागि सजायनै हुुनुपर्दथ्यो । त्यस्ता चिजहरुमा मेलमिलाप हुनुहुँदैन । त्यस्ता चिजहरुलाई सम्बन्धित निकायमै लैजानुपर्ने हुन्छ । यो केसमा कुनै पनि किसिमको भ्रष्ट आचरण आयो भने त्यो सफल हुन सक्दैन । त्यही भएर हामी स्वच्छ हुनुपर्दछ । हामी आफैंमा इमान्दार हुनु पर्दछ । हामी स्थानीय सरकार भएको हुनाले हाम्रो ठाउँ र नगरप्रति बफादार भयौं भने यसले निकै राम्रो काम गर्नेछ ।’

मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?