काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष नवराज कुँवर एसियन-ओसियन कम्प्युटिङ इण्डष्ट्री अर्गनाइजेशन (असोसियो) को सन् २०२३-०२४ कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । सिंगापुरमा गत हप्ता सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुँवर उक्त पदमा निर्वाचित हुनुभएको हो ।
यसअघि उहाँ सन् २०२२ को जनवरीदेखि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै असोसियोको सह-उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । कुँवर सन् २०१९ मा क्यान महासंघको अध्यक्ष निर्वाचित हुनुभएको हो ।
इन्फर्मेसन सर्भिस इण्डष्ट्री एसोसिएसन ताइवानका अध्यक्ष ब्रायन सेनको अध्यक्षतामा निर्वाचित नौ सदस्यीय समितिमा नेपाललगायत जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हङकङ, भियतनाम, मलेसिया र सिंगापुरका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्ने संगठित छाता संगठनका प्रतिनिधि निर्वाचित भएको क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिनुभएको छ ।
एसिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्ने संगठित छाता संगठन सदस्य रहेको असोसियो सन् १९८४ मा जापानको राजधानी टोकियोमा स्थापना भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच