काठमाडौं । पोखरामा मंसिर ९ गते अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना हुने भएको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सो प्रतियोगिता हुने भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
नेपाली १० र चिनियाँ १० गरी २० टिमको सहभागिता रहने प्रतियोगितामा कुल ६०० खेलाडीले सहभागिता जनाउने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जानकारी दिनुभयो । लेकसाइडस्थित बाराहीघाटमा हुने प्रतियोगिताअन्तर्गत पौडी, साइक्लिङ र दौड हुनेछ ।
टिम इभेन्टअन्तर्गत प्रथम हुनेले तीन लाख ६० हजार, दोस्रो हुनेले दुई लाख ८८ हजार, तेस्रो हुनेले दुई लाख १६ हजार, चौथो हुनेले एक लाख ४४ हजार र पाँचौँ हुनेले ९० हजार प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत इभेन्टतर्फ प्रथम हुनेले एक लाख ४४ हजार, दोस्रो हुनेले एक लाख आठ हजार, तेस्रो हुनेले ५४ हजार र चौथोदेखि आठौँसम्म हुनेले १८ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै विद्यार्थीतर्फको दौडअन्तर्गत प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार चौथो हुनेले १० हजार र पाँचौँ हुनेले पाँच हजार प्राप्त गर्ने संयोजक पालिखेले जानकारी गराउनुभयो ।
प्रतियोगिताले पोेखराको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने महानगरका प्रवक्ता मोती तिमिल्सिनाले बताउनुभयो । प्रतियोगिताको सहआयोजकमा युनान माउण्टेनरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन चीन र होटल संघ पोखरा रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न ७० देखि ८० लाख खर्च लाग्ने र पुरस्कार राशिमा मात्र २० लाख खर्च हुने बताइएको छ ।
प्रतियोगिता सफल बनाउन विभिन्न २२ वटा उपसमिति गठन गरिएको छ । प्रतियोगितामा फोटो प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम पनि गरिने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच