सुकीको सजाय पुनरवलोकनको अपिल खारेज

Read Time = 2 mins

यांगुन । म्यानमारको अदालतले भ्रष्टाचारविरुद्धको अभियोगमा सुनाइएको सजायबारे पुनर्विचार गर्न नेत्री आङ साङ सुकीले गरेको अपिल अस्वीकार गरेको छ । भ्रष्टाचारको आरोपमा गतसाता सुनाइएको पाँच वर्षको सजायविरुद्धमा सुकीले अपिल गर्नुभएको थियो । अदालतले सुकीलाई नगद र सुनको घुस स्वीकार गरेकोमा दोषी ठहर गर्दै गत हप्ता पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

७६ वर्षीया सुकीलाई सेनाविरुद्ध उक्साहट दिएको अभियोगमा यसअघि नै ६ वर्षको जेल सजाय सुनाइसकिएको छ । उहाँले कोरोना भाइरस (कोभिड–१९) नियम उल्लंघन गर्दै दूरसञ्चार ऐन तोडफोड गरेको अदालतले ठहर गरेको थियो । यो अवधिमा सुकी राजधानी न्यापितस्थित कुनै अज्ञात स्थानमा नजरबन्दमा रहने पनि बताइएको छ ।

सुकीलाई अन्य थुप्रै मुद्दा लगाइएको छ, जसमा राज्यको गोपनीयता भंग गरेको, विभिन्न विषयमा भ्रष्टाचार गरेको र चुनावी धाँधली गरेकोलगायत थुप्रै आरोप लगाइएको छ । सबै आरोपमा सुकी दोषी पाइएमा उहाँलाई एक सय वर्षभन्दा बढी जेल सजाय हुनेछ ।
पत्रकारलाई अदालतको सुनुवाइमा उपस्थित हुन रोक लगाइएको थियो भने अहिले पनि सुकीका वकिललाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाइएको छ ।

म्यानमारको मानव अधिकार अनुगमन समूहका अनुसार म्यानमारमा गत फेब्रुवरीमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएका प्रदर्शन, विरोध र सरकारविरोधी अभियान सञ्चालनका क्रममा भएका झडपमा कम्तीमा एक हजार आठ सयभन्दा बढी मानिस मृत्यु भएको छ भने १३ हजारभन्दा बढी गिरफ्तार भएका छन् । रासस/एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए