काठमाडौं । लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् ।
मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गर्नुभएको छ। उहाँहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताउनु भएको छ ।
‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै अपमानित गर्ने दुष्प्रयास भयो। यो एउटा विधि, पद्धति र प्रणालीमा विश्वास गर्ने स्वाभिमानीका लागि स्वीकार्य हुन सक्ने विषय थिएन,’ विज्ञप्तिमा भनिएको छ।
उहाँहरूले नेतृत्वलाई आफ्नो कार्यशैली सुधार गर्न दबाब दिँदै आउनु भएको थियो । खासगरी केही समययता उहाँहरू राप्रपाले राजसंस्थाको एजेन्डा छाडेको असन्तुष्ट रहँदै आउनु भएको थियो । उहाँहरूले देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक पार्टी निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख पनि गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच