डिडब्ल्युसी पाइप उत्पादन नेपालमै

Read Time = 2 mins

काठमाडौं । नेपा टपले ढल निकास प्रयोजनका लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डिडब्ल्युसी) पाइप उत्पादन सुरु गरेको छ । भारत, चीनलगाय विश्वका विभिन्न देशमा केही दशकअघिदेखि सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपा टप अर्गनाइजेसनअन्तर्गतको मनमैजु इण्डष्ट्रिज नुवाकोटले अत्याधुनिक प्रविधिसहितको मेसिनरी आयात गरी डिडब्ल्युसी पाइप उत्पादन सुरु गरेको हो । कम्पनीले हाल प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही सय मिलिमिटरदेखि १२ सय मिलिमिटर गोलाइका पाइप उत्पादन गर्दै आएको जनाएको छ ।

डिडब्ल्युसी पाइपको मापदण्ड नेपाल गुणस्तर नम्बर ५९५ चिहृन प्राप्तिको प्रक्रियामा रहेको पनि कम्पनीले जनाएको छ । विगतमा प्रयोगमा आएको पाइपको तुलनामा जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाइपको तुलनामा बलियो एवं भरपर्दो साथै जडानपछि मर्मतसम्भारको झन्झट नहुने, पाइपको भित्री सतह चिल्लो भएका कारण सहज बहाव हुने र बाहिरी बनोट रिङ आकारमा रहने भएकाले अत्यधिक भार बहन क्षमता रहनेलगायतका विशेषता रहेको कम्पनीको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?