स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रधानमन्त्री देउवालाई स्वागत गर्न माला लिएर लाइनमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागत गर्न मालासहित लाइनमा बस्नुभएकाे छ ।

चुनावी प्रचारप्रसारका क्रममा बिहीबार डडेल्धुरा पुग्नुभएका देउवालाई स्वागत गर्न उहाँकै प्रतिस्पर्धी ढकाल माला लिएर लाइनमा बस्नुभएकाे हाे । ढकालले यसपटक देउवालाई स-सम्मान बिदा गर्न भन्दै आफूले उहाँविरुद्ध उम्मेदवारी दिएको बताउनु भएकाे छ । कतिसम्म भने उहाँले देउवालाई पराजित गरे दुई दिनसम्म उपवास बस्ने वाचासमेत गर्नुभएकाे छ ।

पछिल्लो समय उहाँ डडेल्धुरामा घरघर पुगेर भोट मागिरहनु भएकाे छ । ढकालले मतदाताले आफूलाई भव्य स्वागत गरेको र आफूले जित्ने बताउँदै आउनु भएकाे छ । तर देउवालाई हराउन मैदानमा उत्रिएका ढकाल उहाँकै स्वागतमा फुलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उहाँले आफूले देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न लाइनमा बसेको प्रतिक्रिया दिनुभएकाे छ ।

देउवा चार दिनसम्म गृहजिल्लामा बसेर मतदाता भेटघाट गर्ने कार्यक्रम छ । उहाँ २० कात्तिकमा काठमाडौं फर्कनु हुनेछ । देउवाविरुद्ध कांग्रेस बिपीबाट कर्ण मल्लले पनि उम्मेदवारी दिनुभएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?