बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ । भर्खरै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माधव नेपालले भेटे लगत्तै सत्ता गठबन्धनको बैठक सुरु भएको हो ।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादप  बैठकमा सहभागी हुनुहुन्छ ।

प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धन सरकारलाई समर्थनसहित एमाले र रास्वपाले मन्त्रीसमेत पठाएका छन् । तर जसपा र राप्रपाले सरकारलाई समर्थन गरे पनि मन्त्री पठाएका छैनन् । प्रचण्ड नेतृत्वको सरकारले आगामी पुस २६ गते विश्वासको मत लिने तयारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?