प्रशासकीय अधिकृत अर्यालसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अर्कै व्यक्तिको नाममा अवैध बैंक खाता खोली कमिसन असुल्दै आएको आरोपमा रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गाउँपालिकाबाट आव २०७७/०७८ मा सम्पन्न विभिन्न आयोजनाको भुक्तानी दिँदा कमिसनबापत १३ लाख ४५ हजार लिएको अभियोगमा सोही बराबर बिगो कायम गरी बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनका छोरा पवनकुमार अर्याललाई समेत १३ लाख ४५ हजार, मर्चवारी–३ का वडाध्यक्ष नारायणबहादुर यादवविरुद्ध पाँच लाख, वडा सचिव गुलाव यादवविरुद्ध दुई लाख, गाउँ कार्यपालिका सदस्य राजेश हरिजनविरुद्ध तीन लाख ६० हजार तथा समृद्ध नेपाल इनर्जीका प्रोपाइटर विनोदबाबु तिवारीविरुद्ध ८५ हजार एवं मानसरोवर ट्रेनिङ इन्स्टिच्युटका प्रोपाइटर अमरिश यादवविरुद्ध दुई लाख रुपैयाँ बिगो कायम गरी आरोप पत्र दायर गरिएको छ ।

सौर्य उर्जा प्रविधि जडान कार्य, वडा नम्बर ३, ६ र ७ मा गरिएका विभिन्न विकास निर्माणका कार्य तथा सिलाइ कटाइसहितका सीपमूलक तालिम कार्यक्रमको भुक्तानीका क्रममा कमिसन लिएको पाइएको अख्तियारले जनाएको छ ।

त्यसका लागि उनीहरूले असम्बन्धित व्यक्तिका नाममा खाता खोलेर रकम असुल्दै आएको भनी प्रधानमन्त्री कार्यालयमा उजुरीसहितको निवेदन आएको थियो । उक्त उजुरीका सम्बन्धमा राष्ट्रिय शतर्कता केन्द्रले छानबिन गरी फाइलसहित अख्तियारमा पठाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?