गठबन्धनका उम्मेदवारविरुद्ध जाने नेता कार्यकर्तामाथि कारवाही, पाटन नगरसभापति ऐर पार्टीबाट निष्कासित

Read Time = 3 mins

डम्बर बोहरा
बैतडी । नेपाली कांग्रेस बैतडीले पाटन नगरसभापति मानबहादुर ऐरलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको अनुसासन र आचरण विपरीत आधिकारीक उम्मेदवार विरुद्ध गइ बागी उम्मेदवारको प्रचार प्रसारमा गएको भन्दै पार्टीले ऐरलाई पाँच बर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको नेपाली कांग्रेस बैतडीका अनुसासन समिती संयोजक देवराज जोशीले जानकारी दिनुभयो ।
नगरसभापति ऐरले बैतडी प्रदेश सभा क्षेत्र नम्बर (क) मा नेपाली कांग्रेसबाट विद्रोह गर्दै प्रदेश सभा सदस्य पदमा बागी उम्मेदवारी दिएका हरिमोहन भण्डारी र प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मदेवारी दिएका केशव बहादुर चन्दलाई समर्थन गरेका थिए । उक्त कार्य पार्टीको अनुसासन र आचरण विपरीत भएको भन्दै ऐरलाई पाँच बर्षका लागि साधारण सदस्य समेत नरहेन गरी निष्कासन गरिएको उहाँले बताउनुभयो ।
यस्तै मेलौली नगरपालिका ५ का वडा सभापति प्रमान्नद पन्तलाई समेत पार्टीको विधान बिपरीत गतिविधी गरेकाले पाँच बर्षका लागि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिउको जोशीले जानकारी दिनुभयो ।
यसैगरी बिहीबार नै नेपाली कांग्रेसका सिगास गाउँ कार्य उपसभापति धनबहादुर साउँदलाई कात्र्तिक २० गते बेलुकी पाँच सम्म स्पष्टिकरण पेश गर्न भनिएको छ । बागी उम्मेदवारलाई चुनावी प्रचार प्रसार कार्यक्रममा सघाएको भन्ने प्रमाण प्राप्त भएकाले स्पष्टिकरण पेश गर्न भनिएको अनुसासन समिती संयोजक जोशी जानकारी दिनुभयो ।

मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा बागी उम्मेदवार दिने र समर्थन गर्ने कार्यकर्तालाई नेपाली कांग्रेस बैतडीले कारवाही गर्न थालेको छ । नेपाली कांग्रेस बैतडीले यसअघि पार्टीका आधिकारी उम्मेदवार र गठबन्धनका उम्मेदवार बिरुद्ध गएको भन्दै दलित संघ बैतडीका अध्यक्ष रमेश कोली र पाटन नगर कार्य समिती सह सचिव कृष्णा पन्तलाई पाँच बर्षका पार्टीबाट निष्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?