उमा कुङ्फु टोली भारत प्रस्थान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इण्डो-नेपाल अन्तर्राष्ट्रिय कराँते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित सात सदस्यीय तारकेश्वर उमा कुङ्फु स्कुलको टोली भारतको पञ्जाब प्रस्थान गरेको छ । नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा दुई पुरुष र चार महिला खेलाडीले उमा कुङ्फु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष ५०-५५ केजीमा आर्यन रावल र राजन तामाङ रहनुभएको छ । महिला ५०-५५ केजीमा साइना महर्जन, २५-३० केजीमा सिम्रिका कुँवर, ३०-३५ केजीमा दर्शना तामाङ र ४५–५० केजीमा प्रशंसा लामा रहनुभएको छ ।

प्रशिक्षकमा तारकेश्वर उमा कुङ्फु स्कुलका मुख्य प्रशिक्षक एवं नेपाल उमा कुङ्फु संघका सचिव रमेश महर्जन हुनुहुन्छ । टोलीलाई तारकेश्वर नगरपालिका–२ का अध्यक्ष राधाकृष्ण खड्गी, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने, खेलप्रेमीद्वय इन्द्रमान महर्जन र शिव कुँवरलगायतले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

सो अवसरमा अध्यक्ष खड्गीले वडाले खेलकुदका पूर्वाधार निर्माण गर्न सार्वजनिक जग्गाको खोजी गरिरहेको बताउँदै खेलाडीलाई सफलताका लागि शुभकामना दिनुभयो । तारकेश्वर उमा कुङ्फु स्कुलका सहायक प्रशिक्षक एवं उमा कुङ्फुका अन्तर्राष्ट्रिय पदक विजेता सञ्जयराज पुतुवारले खेलाडीले यही प्रतियोगितका लागि करिब दुई महिनादेखि अभ्यास गरिरहेकाले सहभागी सबै खेलाडीले स्वर्ण जित्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?