सकियो खग्रास चन्द्रग्रहण (तस्वीरसहित)

नवराज श्रेष्ठ
Read Time = 4 mins

काठमाडौं । खग्रास चन्द्रग्रहण सकिएको छ । नेपाली पञ्चाङ्गअनुसार आज साँझ ५: ११ बजे सुरू भएको ग्रहण बेलुका ६:३४ मा सकिएको हो ।

बेलुकी ०५ :१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो  ।

यसअघि ८ कात्तिक मंगलबार कात्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लागेको छ ।

अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एशिया, अस्टे«लियाबाट समेत देखिन्छ । चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिनुलाई नै चन्द्रग्रहण भन्ने गरिन्छ ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो भने बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन भएको थियो । नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिएको छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ ।

एउटा ग्रह वा ग्रहबिम्बको छायाले अर्को बिम्बलाई छेक्ने अवस्थालाई ग्रहण भनिन्छ । चन्द्रबिम्बले सूर्यको प्रकाशलाई छेक्दा सूर्यग्रहण र पृथ्वीको छायाले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण हुन्छ । सूर्यग्रहण औँसी तिथिका दिन र चन्द्रग्रहण पूर्णिमा तिथिका दिन मात्र सम्भव रहन्छ । सबै औँसी र पूर्णिमामा पनि ग्रहण लाग्दैनन् । किनकि पृथ्वी, सूर्य र चन्द्रमा एक सरल रेखामा पर्नुपर्छ र कोणीय अन्तर पनि शून्य हुनुपर्छ ।

तस्वीरमा हेर्नुहोस् काठमाडौं बौद्धबाट देखिएको चन्द्रग्रहण ।

यस क्षेत्रबाट हेर्दा आकाश सफा नभएकोले लगभग ६ः२० तिर बादलले केही भाग छेकोको अवस्थामा देखिएको चन्द्रग्रहण हो ।

grahan 7

grahan 6

grahan 5

grahan 4

grahan 3

chandra grahan 2

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?