ऋतिक र निशनको जोडीलाई उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ऋतिक राना र निशन श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत पुरुष डबल्सतर्फको उपाधि जितेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७-६ र ४-६(१०-५) ले हराएर ऋतिक र निशनको जोडी च्याम्पियन बनेको हो ।

३५ वर्षमाथिको पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जितेको छ । फाइनलमा सन्तोष खत्री र सिमान्त गुरुङको जोडीलाई ६-१ र ६-३ ले हराएर कमल र यज्ञको जोडीले उपाधि हात पारेको हो । यू-८ गल्र्सको उपाधि सारा पन्तले हात पार्नुभएको छ । फाइनलमा साराले थिया श्रेष्ठलाई १०-२ र १०-५ ले पराजित गर्नुभयो ।

यू-१० को ब्वाइजतर्फ सुजन कुईंकेल र गल्र्समा साल्भी शेरचनले उपाधि हात पार्नुभयो । सुजनले फाइनलमा युभेन मान श्रेष्ठलाई ६-१ र ६-० ले तथा साल्भीले मेरिशा थापालाई ६-० र ६-१ ले पराजित गर्नुभयो ।

यू-१२ गल्र्सको उपाधि शिभाली गुरुङले जित्नुभयो । शिभालीले फाइनलमा स्वस्तिका विष्टलाई ३-६,६-३ र ६-४ ले हराउनुभयो । प्रतियोगिताअन्तर्गत नै यू-८ ब्वाइजमा आर्यशराज पौडेल र सभ्य जङ कार्कीले फाइनलमा स्थान पक्का गर्नुभयो ।

यू-१२ ब्वाइजको फाइनलमा असभ सम्राट हाडा र बृजेश अग्रवालले स्थान पक्का गर्नुभएको छ । यू-१४ को ब्वाइजको फाइनलमा आयुष्मान हजुर घले र बोरिस अधिकारीले प्रतिस्पर्धा गर्नुभएको छ । यू-१४ गल्र्सको उपाधि भिडन्तमा सुनीरा थापा र शिभाली गुरुङले खेल्नुहुनेछ ।

पुरुष डबल्सको ४५ वर्षमाथि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले फाइनलमा स्थान बनाएको छ । यसै स्पर्धामा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले फाइनलमा स्थान पक्का गरेको छ ।

पुरुष ५५ वर्षमाथि डबल्सको फाइनलमा कृष्ण घले र सुवर्ण धाखवाको जोडी र निरञ्जन श्रेष्ठ र राम रानाको जोडीले प्रतिस्पर्धा गरेको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?